सांकेतिक तस्वीर ।
अबु धाबी । मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ।
खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन् ।
'अबु धाबी प्रहरीले इरानी आक्रमणस्थल र घटनाहरूको भिडियो खिचेको र सामाजिक सञ्जालमार्फत गलत जानकारी प्रसारित गरेका विभिन्न देशका १०९ व्यक्तिहरूलाई पक्राउ गरेको घोषणा गरेको छ' अबु धाबी प्रहरीले एक्समा जारी एक विज्ञप्तिमा उल्लेख गरेको छ।
'यस्ता कार्यहरूले जनमत भड्काउन र समुदायका सदस्यहरूमा अफवाह फैलाउन सक्छ', विज्ञप्तिमा भनिएको छ ।
युएईका महान्यायाधिवक्ताले गलत सूचना प्रकाशित गरेको, युद्धसँग सम्बन्धित घटनाहरूको भिडियो खिचेको वा फुटेज प्रकाशित गरेको वा ‘शत्रुतापूर्ण राज्य र यसको राजनीतिक र सैन्य नेतृत्व’ को महिमामण्डन गरेको आरोपमा अहिलेसम्म ३५ जनालाई पक्राउ गर्न आदेश दिएका छन् ।
इरानले अमेरिकी सम्पत्तिका साथै तेल र ग्यास सुविधा, विमानस्थल र आवासीय क्षेत्रलगायत नागरिक पूर्वाधारमाथि पनि आक्रमण गरिरहेको बेला खाडीभर पनि यस्तै उपायहरू अपनाइएको छ ।
कतारमा अधिकारीहरूले युद्धको समयमा ‘भ्रामक सूचना’ र तस्बिरहरू साझा गरेको आरोपमा ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेका छन् । बहराइन र कुवेतले पनि यस्तै कदम चालेका छन् ।
अमेरिका–इजरायल सैन्य अभियानको जवाफमा इरानले गरेको आक्रमणबाट खाडी क्षेत्र प्रभावित भएको छ । (रासस/एएफपी)
View : 190
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved