Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

दुई छात्रा सम्मानित

उद्‌घोष संवाददाता
१४ माघ २०८०, आइतवार

विराटनगर । विकास पोद्दार स्मृति परिषद्ले विद्यालयस्तरका गरीव तथा जेहन्दार दुई छात्रालाई नगदसहित सम्मानित गरेको छ । सेन्ट जोसेफ विद्यालय विराटनगरका कक्षा १० की छात्रा ग्रीष्मा घिमिरेलाई जेहेन्दार छात्रवृत्ति स्वरुप २१ हजार र भगवती आधारभूत विद्यालय कटहरी–६ की रानी पासवानलाई गरीव विद्यार्थीतर्फ ११ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

अध्ययनका लागि जर्मनीको चेम्निट्जमा पुगेका विकास पोद्दारको २०७९ पुस १२ मा निमोनियाबाट मृत्यु भएको थियो । कटहरी–४ नयाँबजारमा जन्मिएका विकास कक्षा १ देखि स्नातकसम्म प्रथम हुँदै उच्च शिक्षाका लागि जर्मनी पुगेका थिए ।

स्मृति सभामा स्वर्गीय विकास पोद्दारका बुवा एवं विकास पोद्दार स्मृति परिषद्का अध्यक्ष देवानन्द पोद्दारले आगामी दिनमा गरीव असहाय व्यक्तिहरुलाई मृत्यु संस्कार अन्तरगत दाहसंस्कार तथा मलामीको लागि गाडी व्यवस्थापन लगायतका काममा आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

छात्रा सम्मान कार्यत्रममा कटहरी गाउँपालिका–२ का वडाध्यक्ष जीवनेश्वर यादव लगायतले परिवार समाज र राष्ट्रले एउटा जेहन्दार विद्यार्थी गुमाउनुको पीडामा आफू पनि दुखित भएको बताउँदै उनको स्मृतिमा अन्य विद्यार्थीहरुलाई छात्रवृत्ति वितरणको कार्य सह्रानीय रहेको बताए ।

View : 374

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved