विराटनगर । ‘सम्मानित बुढ्यौली : विश्वव्यापी रुपमा स्याहार र सहयोग पद्धतिको सवलीकरण’ नाराका साथ ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा विश्व अल्जाइमर्स दिवस मंगलबार विराटनगरमा फनि अन्तरक्रिया कार्यत्रमका साथ मनाइएको छ ।
विराट ज्येष्ठ नागरिक समाज विराटनगर, मोरङको आयोजनामा झएको कार्यक्रममा वत्ताहरुले ज्येष्ठ नागरिकले राज्यले दिएको सुविधा र अधिकारी सहज रुपले प्राप्त गर्नुका साथै सम्मानित जीवन यापनको वातावरण बनाउन पर्नेमा जोड दिए ।
कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्ष विश्वनाथ भगत, रमानाथ भट्टराई अधिवक्ता ज्ञानेन्द्र थापा, जयकुमार श्रेष्ठ, मणि अर्ज्याल लगायतले ज्येष्ठ नागरिकको संरक्षण र सम्मान बढाउने पक्षमा मन्तव्य राखेका थिए ।
सो अवसरमा अल्जाइमर्सको बारेमा पनि जानकारी दिइएको थियो । सो अवसरमा विराट ज्येष्ठ नागरिक समाजका अध्यक्ष सुरेशकुमार श्रेष्ठले विराटनगरमा ज्येष्ठ नागरिकको पक्षमा काम गर्नका लागि आफ्नो तर्फबाट एक कठ्ठा जमिन दिएको र यसैगरी सबै पक्षबाट मन, वचन र कर्मबाट सहयोग गर्न अनुरोध गरे ।
View : 96
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved