Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

दुर्घटनामा परेको कार जलेको अवस्थामा फेला

उद्‌घोष संवाददाता
१८ कार्तिक २०८०, शनिवार

विराटनगर : इलामको रोङ गाउँपालिका–३ कोलबुङ्मा गत असोज १ गते दुर्घटनामा परेको कार शनिबार जलेको अवस्थामा भेटिएको कार धनी विराटनगर–७ का सचिन पोखरेलले बताएका छन् ।

सडकबाट ३ सय मिटर तल झरेर दुर्घटना भएको सो कार डेढ महिनादेखि दुर्घटनास्थलमै रहेको र शुक्रबार राति कसैले जलाइदिएको अवस्थामा भेटिएको पोखरेलले बताए  ।

‘म उपचारपछि आराम गरिरहेको थिएँ, कार निकाल्न गएको थिइन, शुक्रबार राति कसैले आगोले  जलाइदिएको खबर पाएपछि त्यहाँ पुगेर हेर्दा जलेर कामै नलाग्ने अवस्थामा भेटियो, इलाम प्रहरीलाइ जानकारी दिएको छु’, उनले भने  ।

इलामबाट झापा आउँदै गरेको बी एए १६९२ को  कार दुर्घटना हुँदा कार चालक ५२ वर्षीय पोखरेल (चालक) सहित ५७ वर्षीय राजकुमार पौडेल, विराटनगर–२ का २४ वर्षीय अर्जुन महर, झापा दूधेका मनोज राई लगायत ५ जना घाइते भएका थिए ।

प्रहरी चौकी हर्कटे इलामका प्रसनि रमेश वस्नेतको  टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल झापा पठाइएको थियो ।
 

View : 355

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved