Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

अध्यक्ष दाहालद्वारा खेलाडीको बिदाइ

उद्घोष सम्वाददाता
४ भदौ २०८१, मङ्गलवार

Advertisement

काठमाडौँ, ४ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । 

अध्यक्ष दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उनिहरूलाई बिदाइ गरेका हुन् । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उनिहरूको सफलताको कामना गरे । 

कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी थिए ।

यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछ ।  रासस

View : 62

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved