Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरमा १४ वर्षीया वालिका र २८ वर्षीय युवकको शव दुई सय मिटरको दुरीमा फेला

उद्‌घोष संवाददाता
४ असार २०८२, बुधवार

उदयपुर । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा बुधबार विहान १४ वर्षीया वालिका र २८ वर्षीय युवकको शव फेला परेको छ ।

अमलचौरी गाउँको बाटोमा लडिरहेको अवस्थामा १४ वर्षीया मन्जु राईको शव भेटिएको हो ।

त्यहाँबाट दुई सय मिटर पर २८ वर्षीय रविन राईको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयय बेल्टारका प्रहरी निरीक्षक वविन राईले जानकारी दिए ।

स्थानीयले बाटोमा वालिकाको शव देखेर प्रहरीलाई खवर गरेका थिए । त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसय मिटर नजिकै रविनको पनि शव भेटिएको जनाइएको छ ।

घटनास्थलमा अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

View : 443

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved