Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूवि कर्मचारी संघको सल्लाहकारमा टेकप्रसाद अधिकारी

उद्‌घोष संवाददाता
२३ असार २०८२, सोमवार

Advertisement

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघको केन्द्रीय समितिको सल्लाहकार पदमा  टेकप्रसाद अधिकारी  मनोनित भएका छन्।

पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको मिति २०८२ असार १७ गतेको बैठकले गरेको निर्णयअनुसार अधिकारीलाई संघको विधान २०६४ (चौथो पटक संशोधन सहित २०८२) को परिच्छेद ७, नियम ७.४ को उपनियम (ग) बमोजिम सल्लाहकार पदमा मनोनयन गरिएको हो। 

 

संघका सभापति रुपेश बस्नेतले  पूविका  मुख्य अधिकृत, (कम्प्युटर)   रहेका अधिकारीलाई सल्लाहकार पदमा मनोनयन भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। अधिकारीको मनोनयनले संघको कार्यसम्पादनमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

View : 697

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved