Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नेचासल्यानमा विद्यालयको दिवा खाजामा जाउलो, खिचडी र चाम्रेदेखि सेलरोटीसम्म

उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा दिवा खाजा व्यवस्थापनलाई व्यवस्थित बनाउन साप्ताहिक मेनु लागू गर्ने निर्णय गरेको छ ।

गाउँपालिका शिक्षा शाखा र विद्यालयका प्रधानाध्यापकहरूबीच भएको संयुक्त अन्तरक्रिया तथा छलफलपछि उक्त निर्णय गरिएको हो । 

गाउँपालिकाले सबै सामुदायिक विद्यालयलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।

निर्धारित मेनु अनुसार सोमबार जाउलो, खिचडी, चाम्रे तथा दही–चिउरा, मंगलबार पुरी–तरकारी, उसिनेको आलु र सेलरोटी, बुधबार चिउरा–तरकारी, समोसा, चनाचटपटे तथा चना–अण्डा, बिहीबार सातु, आलु–तरकारी र फलफूल तथा शुक्रबार सिजनअनुसारका जैविक खानेकुरा उपलब्ध गराइनेछ ।

गाउँपालिकाका अनुसार विद्यालयस्तरमा पोषणयुक्त तथा सन्तुलित खानाको व्यवस्था गर्दै विद्यार्थीको स्वास्थ्य र नियमित उपस्थितिमा सुधार ल्याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।

View : 108

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved