विराटनगर । विराटनगर महानगरपालिकाका राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमलाई पितृशोक परेको छ ।
गौतमका पिता टंकप्रसाद गौतमको ८० वर्षको उमेरमा आइतबार साँझ विराटनगर–१२ स्थित आफ्नै निवासमा निधन भएको छ ।
स्वर्गीय गौतम पछिल्लो समय फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रिय जनमोर्चा पार्टीसँग आवद्ध गौतमले पार्टीका तर्फबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी पनि दिएका थिए ।
संखुवासभाको चैनपुरमा जन्मिएका गौतमको परिवार मोरङको गोविन्दपुर हुँदै विराटनगर बसोबास गर्दै आएको हो ।
परिवारमा गौतमका सरोजसहित दुई छोरा, एक छोरी र श्रीमती छन् ।
स्वर्गीय गौतमको अन्तिम संस्कार सोमबार होटखालास्थित परम विश्रान्ति घाटमा गरिएको छ ।
अन्तिम संस्कारमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायत सामाजिक तथा राजनीतिक क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति थियो ।
View : 269
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved