Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विराटनगर पुगेर शशांकले भने–

‘गठबन्धन टुट्नु खुसीको कुरा हो, ठुलो गल्ती गरिरहेका थियौँ, अहिले ठिक भएको छ’

उद्‌घोष संवाददाता
२४ फागुन २०८०, बिहिवार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले कांग्रेस–माओवादीबिचको गठबन्धन टुटेकोमा खुसी व्यक्त गरेका छन् । उनले बिहीबार विराटनगर आइपुगेर माओवादीसँग गरिएको गठबन्धन ठुलो गल्ती भएको भन्दै अहिले टुटेर ठिक भएको प्रतिक्रिया दिएका हुन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा कोइरालाले गठबन्धन टुट्नुमा ‘ब्लेसिङ इन डिस्गाइज’ अर्थात् लुकेको खुसी मिलेको बताएका हुन् । उनले कांग्रेसले कुनै पनि हालतमा कुनै दलहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन् ।

‘मेरा लागि खुसीको कुरा हो, जतिसुकै भोट आओस् कांग्रेस एक्लै लड्छ’ उनले भने, ‘२०४६ सालमा पनि वामपन्थीहरूसँग कांग्रेस मिलेर ठुलो गल्ती गरेको थियो, अहिले पनि ठुलो गल्ती गरिरहेका थियौँ, अब ठिक भएको छ ।’ 

कांग्रेसले कम्युनिष्टहरुलाई निरन्तर स्थापित गराइरहेको अवस्थामा कम्यूनिष्टहरुसँगकै गठबन्धन टुटेर आफूलाई धेरै खुसी मिलेको बताएका हुन् । 

‘२०४६ सालको आन्दोलन सकिँदा सबै अञ्चलाधीशहरू थिए, राजाहरूले कांग्रेसलाई सक्न पञ्चायतमा कम्युनिष्टहरुलाई मिलाए’ कोइरालाले भने, ‘दरबारले कांग्रेससँग भिड्न कम्युनिस्ट बनाए, अहिले हामी उनीहरूसँगै गठबन्धन गरेर हिँडिरहेका छौँ ।’

कोइरालाले कांग्रेस अब एक बनाएर अगाडि बढ्ने बताए । उनले प्रतिपक्षमा बसेर कडा रूपमा भूमिका खेल्ने पनि घोषणा गरे । नेता कोइरालाले देशको धर्म निरपेक्ष वा सापेक्ष भन्ने नहुने बताए । उनले देशको धर्म सधैँ स्वतन्त्र हुने बताए ।

View : 450

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved