पोखरा । काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको एटिआर-७२ फ्लाइट नम्बर ६१७ को जहाजमा चरा ठोक्किएको छ ।
पोखरा विमानस्थलमा अवतरणका क्रममा शनिबार दिउँसो ३.४५ बजे जहाजमा चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।
चरा ठोक्किदा जहाजको ‘प्रोपलरको ब्लेड’ अर्थात पंखा अलिकति कुच्चिएको छ । सकुशल अवतरण भएको जहाजका ६८ यात्रु र चालक दल सुरक्षित रहेको जनाइएको छ ।
ठोक्किएको चरा गिद्द भएको जनाइएको छ ।
नेपालका विमानस्थलमध्ये पोखरा विमानस्थल चराको अत्यधिक गतिविधि हुने सूचीमा रहेको छ ।
View : 182
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved