विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला–नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ ।
मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकका साथ प्रथम भएको हो ।
विराटनगर वडा नम्बर १० ले ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गर्दै द्वितीय र बेलबारी नगरपालिका वडा नम्बर १० डाँगिहाटले ६ स्वर्ण, ३ रजत र ३ कांस्य पदकका साथ तृतीय भएका हुन् ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू प्रदेश प्रतियोगिता हुँदै वैशाखमा काठमाडौंमा हुने आइटीएफको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
मोरङको विभिन्न डोजाङका एक सयभन्दा बढी खेलाडीहरूले प्याटन र स्पाइरिङका इभेन्ट्स प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।
खेलाडीहरूलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, उपाध्यक्ष चतुरलाल चौधरीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
View : 73
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved