विराटनगर, ४ मंसिर : इलामको कन्याम घुमेर फर्किने क्रममा आइतबार सााझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । सोमबार विहान थप दुई महिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको आइतबार नै मृत्यु भएको थियो । मृत्यु भएका बालक लामा बसबाट उछिट्टिएर रुखमा अड्किएका थिए । प्रहरीले उनको उद्दार गरेपनि उपचारका अस्पताल लैजान नपाउादै दुर्घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
धारापानीकै ३५ वर्षीया मनवति लामा र ६० वर्षीया शान्तामाया तामाङको भने उपचारका क्रममा सोमबार विहान मृत्यू भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका गम्भीर घाइतेहरु मध्ये ३५ वर्षीय अनिल परियार, ४० वर्षीया तुल्मा लामा र १६ वर्षीया कुसुम घिसिङको विर्तामोडस्थित विएण्डसी हस्पिटलको आइसीयूमा उपचार जारी रहेको जनाइएको छ । केहीलाई एचडीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार सााझ ५ बजे भएको बस दुर्घटनामा ३४ जना घाइते भएका थिए । धारापानीबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउापालिका–३ कोल्बुङमा सडकबाट तीन सय मिटर तल खाोचमा खसेको थियो । बसमा शैक्षिक भ्रमणमा सहभागी विद्यार्थी र उनीहरुका केही अभिभावकहरु रहेका थिए ।
बसमा चालकसहित ३७ जना सवार थिए । इलाम प्रहरीले ३२ जना यात्रुको दुर्घटनास्थलबाट उद्दार गरेको थियो । घाइते भएको अवस्थामा ३५ जनालाई उपचारका लागि प्रहरीले विएण्डसी हस्पिटल पठाएको जानकारी दिएको थियो ।
बसले विपरित दिसाबाट आइरहेको मोटरसाइकलमा साइड दिने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाई छ । बसका चालक हरिगिन राउत प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा ४० वर्षीय प्रहरी हवल्दार बिरबहादुर मोक्तान र दुई वर्षीया नाबालिका स्नेहरिका लामा समेत रहेकी छन् । दुर्घटनामा परी १६ जना बालबालिका घाइते भएका थिए ।
View : 199
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved