सुन्दरहरैंचा । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ५ स्थित भौंसाबारीमा आफ्नो प्रशासकीय भवनको शिलान्यास गरेको छ ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय प्रमुख हिराकुमारी यादवले भवन निर्माणको लागि खनिएको खाल्टोमा इँटा जोडी भवनको शिलान्यास गरेका हुन् ।
प्रशासकीय भवन ३ तले निर्माण हुने उल्लेख गरिएको छ । जमिन तला १२ कोठा, पहिलो तला १४ कोठा र दोस्रो तला १४ कोठा निर्माण हुने भएको छ ।
त्यस्तै कार्यपालिका र न्यायिक समितिको बैठक हल र सभा हलसमेत रहने प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जानकारी दिइन् ।
वरिपरी हातापर्खाल र दुई वटा प्रवेशद्वार रहने योजनामा रहेको छ । भवनको अर्च डिजाइनर्स एण्ड डेमलोपरर्स र श्रीमान कन्ट्रक्सनले भ्याटसहित १० करोड ९७ लाख ७० हजार २ सय ७८ रूपैयाँमा ठेक्का लिएको छ ।
View : 232
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved