विराटनगर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ता घर भई अहिले त्रियुगा नगरपालिका–३ मोतिगडामा बस्दै आएका देवान राईको दुईवर्षे छोरा योङहाङ राईको नालीमा डुबेर ज्यान गएको छ ।
सोमबार दिउँसो करीव साढे १ बजेतिर खेल्ने क्रममा नालीमा जमेको पानीमा डुबेका बालक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनास्थलमा प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जनाइएको छ ।
View : 219
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved