Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पतञ्जली योग समिति मोरङको अध्यक्षमा जयधर्म आचार्य

उद्‌घोष संवाददाता
१४ भदौ २०८२, शनिवार

विराटनगर । पतञ्जली योग समिति मोरङको भेलाले उर्लाबारीका जयधर्म आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। शुक्रबार गठित १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा दामोदर पोखरेल र ऋषि खतिवडा चयन भएका छन्।

समितिको महासचिवमा फडिन्द्रनाथ अधिकारी, संगठन सचिवमा महेन्द्रप्रसाद वस्ती, सचिवमा योगेश निरौला र कोषाध्यक्षमा अशोककुमार भट्टराई छन्। त्यस्तै, प्रशिक्षण अध्यक्षमा बाबुराम बानियाँ र मिडिया प्रभारीमा जयप्रसाद काफ्ले  छन्।

कार्यसमितिका सदस्यहरूमा बलराम ढुंगाना, ज्वाला धामी, फडिन्द्रप्रसाद तिम्सिना, नरेश काफ्ले, रामकुमार दाहाल, रुद्र अधिकारी, चन्द्रबहादुर राई र गणेश रेग्मी छन्।

नयाँ नेतृत्वले प्राध्यापक डा. तुलसी निरौला, डा. रामलाल सुतिहार र नवीन रेग्मीलाई सल्लाहकारमा चयन गरेको छ।

पतञ्जली योग समिति कोशी प्रदेशका प्रभारी मिस्टर चौधरीले समितिका पदाधिकारी र सदस्यहरूको नाम घोषणा गरेका थिए। सो अवसरमा पतञ्जलीका केन्द्रीय सदस्य लोकनाथ खनाल, कोशी प्रदेशका सहप्रभारी गोविन्द खड्का, महासचिव लक्ष्मी काफ्ले, सचिव शोभा कोइराला, मोरङका अध्यक्ष सुरेश अग्रवाल र पूर्व अध्यक्ष ध्रुव तामाङ लगायतले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।

View : 597

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved