Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले उर्लाबारीको अध्यक्षमा तिम्सिना निर्वाचित

उद्‌घोष सम्वाददाता
२८ चैत २०८१, बिहिवार

विराटनगर । नेकपा एमाले उर्लाबारी नगर कमिटीको अध्यक्षमा निरोज तिम्सिना निर्वाचित भएका छन् । सहमतिको प्रयास गरिएपनि पदाधिकारीतर्फ सवै पदमा बुधबार दिउँसो मतदान भएको थियो । 

बुधबार बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार तिम्सिनाले निकटतम् प्रतिष्पर्धी गोपाल रिमाललाई ३२ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । तिम्सिना एमाले संस्थापन पक्षको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका थिए । रिमाललाई निवर्तमान नगर कमिटी अध्यक्ष गंगा बाँस्तोला लगायतले समर्थन गरेका थिए । बाँस्तोला संस्थापन इतर समुहका नेता हुन् ।

अध्यक्ष पदका लागि तीनजना प्रतिष्पर्धामा उत्रिएका थिए । निर्वाचित तिम्सिनाले ९० मत प्राप्त गरेका हुन् । रिमालले ५८ र अर्का प्रतिष्पर्धी सुरेन्द्र शेर्माले ५१ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा सुरेश शाक्यले १४४ मत प्राप्त गर्दै निर्वाचित भए । त्यस्तै योगराज लिम्बूले ५३ मत प्राप्त गरे । सचिवमा चेतन सिग्देल निर्वाचित भए । उनले १४२ मत पाउँदा प्रतिष्पर्धी सुनिल धिमालले ३६ र इन्द्र बहादुर भट्टराईले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

दुई उपसचिव मध्ये खुलातर्फ निर्वाचन हुँदा नितम चौहान निर्वाचित भए । उनले १२१ मत प्राप्त गरे । त्यस्तै भिम श्रेष्ठले ७५ मत प्राप्त गरेका थिए । महिला उपसचिवमा भने अमृता दास सर्वसम्मत चयन भएकी थिइन् ।

निर्वाचन २०४ प्रतिनिधी मध्ये २०२ मत खसेको थियो । 

View : 147

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved