विराटनगर । नेपालमा अध्ययनरत र विभिन्न उद्योग व्यवसायमा संलग्न भारतीय नागरिकहरूको विवरण विराटनगरमा दर्ता तथा नवीकरण गरिएको छ । मोरङ उद्योग व्यापार संघले भारतीय दूतावाससँगको सहकार्यमा शनिबारदेखि दुई दिने रजिष्ट्रेशन क्याम्प सुरु गरेको हो ।
शनिबार विराटनगरमा बसोबास गरिरहेका अधिकांश भारतीय नागरिकहरूको दर्ता तथा नवीकरण कार्य गरेको जनाइएको छ ।
दर्ता तथा नवीकरण कार्यलाई सहज र व्यवस्थित बनाउन संघले समन्वय तथा प्राविधिक सहजीकरण गरेको हो ।
नाम दर्ता तथा नवीकरण गरेका भारतीय नागरिकहरूलाई दर्ता संघका अध्यक्ष अनुपम राठी र भारतीय दूतावासका पदाधिकारी प्रतिनिधि आरपी सिंहले संयुक्त रुपमा दर्ता प्रमाणपत्र प्रदान गरेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले कार्यक्रमका लागि समन्वयात्मक भूमिका निर्वाह गरेका छन् ।
View : 188
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved