विराटनगर । विराटनगर–१० स्थित भानु मोरङ आधारभूत विद्यालयले ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विविध कार्यक्रम गरेको छ ।
वार्षिकोत्सवको अवसर पारेर विराटनगर महानगरपालिका वडा नम्बर १० अन्तर्गतका आधारभूत विद्यालयहरूबीच नृत्य प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा भानु मोरङ आधारभूत विद्यालयले प्रथम स्थान हासिल गर्यो भने दोस्रो स्थान आदर्श आधारभूत विद्यालयले प्राप्त गरेको छ । त्यसैगरी नारायण आधारभूत विद्यालयले तेस्रो स्थान पाएको छ ।
प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरूले क्रमश पाँच हजार, चार हजार र तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्् ।
सो अवसरमा समाजसेवी गोविन्दमान श्रेष्ठले आफ्नो परिवारको नाममा एक लाख ५० हजारको अक्षयकोष प्रदान गर्ने घोषणा गरे । गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा केही सुविधा होस् भनेर अक्षयकोष खडा गरिएको उनले बताए ।
सो कार्यक्रममा वर्ष शिक्षक निर्मला श्रेष्ठलाई सम्मान गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कक्षागत छात्रवृत्ति समेत वितरण गरिएको थियो । भानु मोरङ आधारभूत विद्यालयमा हाल एक सय ५९ विद्यार्थीहरू अध्ययनरत छन् ।
वार्षिकोत्सवका अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, समाजसेवी गोविन्दमान श्रेष्ठ, पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठ, महानगरपालिका शिक्षा महाशाखाका प्रमुख कृष्ण भट्टराई, नेपाल शिक्षक महासंघ विराटनगरका अध्यक्ष बेदुकुमार खतिवडा, वडा नं १० का वडाध्यक्ष अर्जुन गिरीलगायतले शुभकामना दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश मास्केको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानाध्यापक सञ्जीव घिमिरेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
View : 334
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved