Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

बोकेदाह्रीको ‘गाह्रो छ हौ मलाई’ सार्वजनिक (भिडियो)

विराटनगर । श्रीकृष्ण लुईंटेल ‘बोकेदाह्री’को नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ को भिडियो सार्वजनिक भएको छ ।

पूर्वका चर्चित हास्यव्यङ्य गायक लुईंटेलले शुक्रबार उक्त गीतको भिडियो आफनै आधिकारिक यूटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

उनकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायांकन सुमन तामाङले गरेका हुन् ।

भिडियोमा लुईंटेलसहित मिलन सुवेदी, अनिशा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तिर्थ पोखरेल, गोपाल दर्जीलगायतको अभिनय रहेको छ ।

भिडियो सम्पादन हेमन तामाङले गरेका हुन् । लुईंटेलले यसअघि थुप्रै चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन् ।

View : 385

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved