खेलकुदमा विजयी विद्यार्थीलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै सहपरीक्षा नियन्त्रक ईश्वर भण्डारी । तस्वीर : उद्घोष
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको व्यवस्थापन क्याम्पस (पुसोम) विराटनगरमा विद्यार्थीका लागि गरिएको खेलकुदमा सप्ताहमा विजयी विद्यार्थीलाई प्रमाणपत्र तथा पदक वितरण गरिएको छ ।
सो खेलकुदमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस, दौड, क्यारमबोर्ड, बुद्धिचाल, सांगीतिक कुर्सी दौड, चम्चा दौड, डोरीतान, पब्जी र फ्रीफायर खेलहरूमा स्पर्धा गराइएको थियो ।
सुभाषिश कोइरालाको संयोजकत्वमा भएको खेलकुदको आयोजक समितिका सदस्यहरूमा उमर फारूक, साहिल आलम, कृष्ण साह, वीरेन्द्र सिंह, सौहार्द्ध भट्टराई, दृष्टि पोखरेल, शाश्वत बराल, रूजीत यादव, अरूण ठाकुर, पुष्पा यादव, विकिषण राई, रोशनी कार्की थिए ।
खेलकुदमा विजयी विद्यार्थीहरूलाई खेलकुद संयोजक कोइराला, क्याम्पस प्रमुख डा रमाकान्त दास, दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमका प्रमुख प्राडा जीवनकुमार ढकाल, सहपरीक्षा नियन्त्रक ईश्वर भण्डारी लगायतले प्रमाणपत्र र पदक वितरण गरेका थिए ।
View : 183
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved