सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि राष्ट्रिय जागृति क्लब र गाईघाट युनाइटेड प्रतिस्पर्धा गर्ने भएका छन् ।
शनिबार सम्पन्न अन्तिम सेमिफाइनलमा इटहरीको राष्ट्रिय जागृतिले आयोजक गछिया युवा समाजलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाटसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
मोरङको सुन्दरहरैंचास्थित गछियाबजार मैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनलमा जागृतिलाई उपाधि नजिक पु¥याउन नाइजेरियन खेलाडी एलेक्सले निर्णायक गोल गरे । आयोजकका गोलकिपर मुकेश चौधरीलाई बिट गर्दै उनले आकर्षक गोल गरेका थिए ।
एरोन थापा, पदम भटराई एकराज बुढाथोकीलाई अनुबन्धन गरेर सेमिफाइनल खेलाएको आयोजक टिमको लागि जागृतिका डिफेण्डर बाधक बनेपछि गछिया युवा समाज सेमिफाइनलबाट बाहिरिन पुग्यो ।
खेलको प्लेयर अफ द म्याच विजयी टिमका खेलाडी एलेक्स घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पारे । राष्ट्रिय जागृति र गाईघाटबीचको उपाधि भिडन्त सोमबार हुनेछ । गाईघाट यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सिरहाको सहलेस फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।
फाइनल खेलको बिजेताले २ लाख १ हजार र उपबिजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र बिधागत उत्कृष्ट हुनेलाई जनही ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
View : 110
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved