Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

वडा कार्यालयलाई फर्निचर सहयोग

उद्‌घोष संवाददाता
५ मंसिर २०८२, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिका वडा नं १ कार्यालयलाई केही मनकारी दाताहरुले फर्निचर सहयोग प्रदान गरेका छन् । 

जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीले भवन जल्नुका साथै सबै कम्प्युटर र फर्निचर जलेपछि कार्यालय व्यवस्थापनमा अप्ठ्यारो परेको थियो । दाताहरुले एक थान टेबल र पाँच थान कुर्सी सहयोग प्रदान गरेका हुन् ।

सहयोग गर्नेहरुमा विद्याप्रसाद काफ्ले, बिमला कोइराला कटुवाल, ओम भेटुवाल, शिवप्रसाद काफ्ले (पुष्पराज) र लिलाप्रसाद काफ्ले रहेका छन् । 

वडाध्यक्ष काजीबहादुर बस्नेतले कुर्सी र टेबल सहयोग गरेकोमा मनकारी दाताहरुप्रति आभार ब्यक्त गरेका छन् ।

यसअघि पनि केही दाताहरुबाट वडा कार्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग प्राप्त भएको वडाध्यक्ष बस्नेतले बताए ।

View : 221

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved