Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जतिनले सुरु गरे पाँचौं सडक महोत्सवको तयारी

उद्‌घोष संवाददाता
१३ भदौ २०८२, शुक्रवार

विराटनगर । पाँचौं संस्करणको सडक महोत्सवको तयारी अघि बढेको छ ।

मञ्जिना मुभिज क्रियसनका अध्यक्ष जतिन ताम्रकारको नेतृत्वमा विराटनगरको हिमालय रोडमा यो महोत्सव हरेक बर्ष हुँदै आएको छ ।

यस पटक पनि बडा दशैंको अवसर पारेर आगामी असोज ६ गतेदेखि ११ गतेसम्म महोत्सव आयोजना गरिने ताम्रकारले जानकारी दिए ।

महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार, स्थानीय तथा राष्ट्रिय स्तरका खानाका २५ वटा स्टलहरू रहने उनले बताए ।

सडक महोत्सवले विराटनगरको सांस्कृतिक, सामाजिक र आर्थिक गतिविधिलाई प्रत्यक्ष रुपमा चलायमान बनाउने जनाइएको छ । 

महोत्सव अवधिभर विभिन्न स्थानीय तथा अन्य कलाकारहरूले मनोरञ्जनात्मक गीत, संगीत प्रस्तुत गर्ने तयारी रहेको अध्यक्ष ताम्रकारले बताए ।

साथै महोत्सवले स्थानीय व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेमा विश्वस्त रहेको उनले बताए ।

View : 427

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved