Biratnagar, Morang, Nepal
१९ असार २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले इटहरीको अध्यक्षमा बस्नेत निर्वाचित

उद्घोष सम्वाददाता
१६ असार २०८१, आइतवार

सुनसरी । नेकपा एमाले इटहरीको अध्यक्षमा रूपेस बस्नेत निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न अन्तिम मत परिणाममा बस्नेतले  अध्यक्षका अर्का प्रत्यासी सुजन लामालाई १ सय १८ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।  बस्नेतले १९७ मत प्राप्त गर्दा लामाले ७९ मत  मात्र प्राप्त गरे । 

यस्तै अध्यक्षका अर्का उमेद्वार उमेश पौडेलले ६२ मत ल्याए । उपाध्यक्षमा जितेन्द्र थापा निर्वाचित भए । थापाले २०१ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी मन्दिरा भट्टराईले १३१ मत प्राप्त गरिन् । यसैगरी सचिवमा मदनबहादुर कार्कीले १७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी राजेन्द्र केशरी घिमिरेले १२१ र गोपाल गिरीले ४० मत प्राप्त गरे । उपसचिवमा रञ्जु सिग्देलले २४५ मत र तेजनारायण चौधरीले १५० मत प्राप्त गर्दै विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी मनोजकुमार राय र सुनिल कार्कीले समान ९१ मत प्राप्त गर्दा  विमलादेवी लम्सालले ८१ मत प्राप्त गरिन् । 

यस्तै, लेखा कमिटी सदस्य महिलातर्फ मेनुका घिमिरे भट्टराई र रेणुका राई, लेखा कमिटी सदस्य खुल्लातर्फ निशान खनाल र प्रशान्त पोखरेल निर्वाचित भएका छन् । 

यसैगरी खुल्ला महिला सदस्यतर्फ चन्दा पुरी, दमयन्ता कार्की, धनुकला नाल्बो लिम्बू र धनमाया श्रेष्ठ निर्वाचित भए । खुला पुरूष सदस्यतर्फ उमानाथ दाहाल, उमेश सुवेदी, केदार घिमिरे, देवराज मादेन र हर्कबहादुर मगर निर्वाचत भएका छन् ।

दलित महिला सदस्यतर्फ राधिका विश्वकर्मा, आदिवासी जनजाति सदस्यतर्फ शिलाकुमारी गुरूङ, जनजाति पुरूष सदस्यतर्फ पूर्णबहादुर तामाङ र सरोजकुमार गुरूङ, थारू महिला सदस्यतर्फ गायत्रीकुमारी चौधरी, थारू खुल्ला सदस्यतर्फ कमलकुमार चौधरी र सत्यनारायण चौधरी निर्वाचित भएका छन् ।

भूगोल खुल्ला सदस्य (७ नं) तर्फ देवनारायण चौधरी, भूगोल महिला सदस्य (७ नं) तर्फ मेनुका बञ्जरा, भूगोल खुल्ला (१२ नं) तर्फ कमल कार्की र भूगोल खुल्ला (२० नं) रवीन्द्र भट्टराई निर्वाचत भएको निर्वाचन समितिले जनाएको छ ।

View : 36

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved