Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

युवा उद्यमी मञ्च र विराटनगर इन्टरनेसनल कलेजबीच सम्झौता

उद्‌घोष संवाददाता
६ असार २०८२, शुक्रवार

विराटनगर । युवा उद्यमी मञ्च विराटनगर च्याप्टर र विराटनगर-५ स्थित विराटनगर इन्टरनेसनल कलेजबीच उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकास सम्बन्धि बिषयमा सहकार्य गर्ने सम्झौता भएको छ I

कलेज परिसरमै शुक्रबार सम्पन्न कार्यक्रममा युवा उद्यमी मञ्चका अध्यक्ष संजीव सिग्देल र कलेजका प्रमुख कार्यकारी अधिकृत सचितमान शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कलेजका विद्यार्थीलाई उद्यमशील बनाउने उद्देश्यसहित विभिन्न तालिम, कार्यशाला र कार्यक्रमहरूमा सहकार्य गरिने जनाइएको छ ।

यस्तै कलेजका विद्यार्थीलाई उद्यमशीलता, नेतृत्व विकास, नवप्रवर्तन र व्यवसायिक सोचमा अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यशाला, गोष्ठी, तालिम, अन्तरक्रिया तथा अन्य कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।

सो अवसरमा बोल्दै कलेजका प्रमुख कार्यकारी शेरचनले यो विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसर भएको बताए । 

मञ्चका अध्यक्ष सिग्देलले युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गराउने र व्यवसायिक सोच विकास गराउने लक्ष्य अनुसार कलेजसँग सहकार्य सुरु गरिएको बताए ।

सम्झौतामा भएका विषय चाँडै कार्यान्वयन गर्दै कार्यक्रम संचालन गरिने पनि सो अवसरमा जनाइएको छ ।

View : 416

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved