विराटनगर । अर्किड कलेजका प्राचार्य तथा निहारिका कलेजका प्रमुख अमित ढकाललाई मातृशोक परेको छ। उनकी आमा डम्बरकुमारी ढकालको ७० वर्षको उमेरमा आज (बिहीबार) राति १ बजे विराटनगर–१, बुद्धचोकस्थित आफ्नै निवासमा निधन भएको हो।
विगत दुई वर्षदेखि डिम्बाशयको क्यान्सरबाट उनी पीडित थिइन् । स्वर्गीय ढकालको पार्थिव शरीरलाई शुक्रबार परोपकार घाटमा अन्त्येष्टि गरिएको छ।
स्वर्गीय डम्बरकुमारी ढकालका श्रीमान् रमेश ढकाल, छोरा अमित र छोरीहरू सम्झना तथा बन्दना छन्।
मातृशोकमा परेका प्राचार्य ढकाल उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) मोरङका अध्यक्ष तथा नेकपा एमाले बुद्धिजीवी परिषद् विराटनगरका अध्यक्षसमेत हुन् ।
View : 492
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved