विराटनगर । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
आइक्यानका अध्यक्ष नीलबहादुर सारू मगर र प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा प्राधिकारणका तर्फबाट सदस्य (सहकारी विज्ञ), डा रमेश चौलागाई, सदस्य, महेश खनाल र कार्यकारी निर्देशक, डा. शेषनारायण पौडेल उपस्थित थिए ।
आइक्यानका तर्फबाट उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले, कार्यकारी निर्देशक विमल डंगोल, प्रशासन निर्देशक विनोदप्रसाद न्यौपाने, प्राविधिक निर्देशक किरणकुमार खत्री र उपनिर्देशक सन्तोष विष्टको सहभागिता थियो ।
सहकारी ऐन, २०७४ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुरूप सहकारीहरूको नियामकीय र सुपरीवेक्षयकीय संयन्त्रलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो ।
यो सहकार्यले प्राधिकरणमा नियामकीय परीक्षण, नियामक मापदण्डको विकास, अनुगमन र सुपरीवेक्षणको लागि प्राविधिक सहयोग र नेपाली वित्तीय प्रतिवेदन मानक र अन्य वित्तीयमानकहरू लागू गर्र्नेलगायतका क्षेत्रहरू समेट्ने छ ।
सो अवसरमा प्राधिकरणका अध्यक्षले डा खगराज शर्माले यो सहकार्यले सहकारी क्षेत्रको सुरक्षा गर्ने प्राधिकरणको क्षमतालाई बलियो बनाउने र सदस्य र निक्षेपकर्ताको हितको रक्षा गर्ने कुरामा जोड दिएका छन् ।
View : 235
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved