विराटनगर । कोशी प्रदेशमा सभामुखको पद लिएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र खटपट सुरु भएको छ ।
राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दै पदमा जानु उपयुक्त नहुने सहमति विपरित कोशी प्रदेशमा सभामुख पदका लागि उम्मेदवारी दिएको भन्दै फिर्ता लिन निर्देशन दिएका थिए । तर निर्देशन विपरित राप्रपाका कोशी प्रदेश सभा सदस्य अम्बरबहादुर बिष्ट सभामुख चयन भइसकेका छन् ।
लोहनीले पार्टीकै लेटरप्याडमा विज्ञप्ति जारी गरेर सभामुखमा दिएको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समितिलाई निर्देशन दिएपछि राप्रपाभित्रको विवाद सतहमा आएको हो ।
संघीयताको खारेजीका लागि आवाज उठाउँदै राजतन्त्र पुनर्स्थापना गर्ने एजेण्डा बोकेर हिंडेको राप्रपाका बिष्ट मंगलबार कोशी प्रदेश सभाको सभामुखमा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
लोहनी अध्यक्ष रहेको केन्द्रीय निर्देशन समितिले भने कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा छलफल हुँदा उक्त पदमा जानु उपयुक्त नहुने सहमति विपरित सभामुखमा उम्मेदवारी दिएको प्रति विरोध जनाएको हो ।
बिष्ट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन निकटका नेता हुन् । लिङ्देन निकटका राप्रपा कार्यकर्ताहरुले भने कोशीमा सभामुख नलिने भए बाग्मतिमा पनि समामुखबाट राजिनामा दिनुपर्ने तर्क सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । उनीहरुले सवै प्रदेशमा एउटै मापदण्ड लागू हुनुपर्ने बताएका हुन् ।
View : 302
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved