Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

दाहाल प्रतिष्ठानद्वारा सम्मान र पुरस्कार वितरण

उद्‌घोष संवाददाता
१२ असोज २०८२, आइतवार

विराटनगर । दाहाल वन्धुहरूको साझा संस्था ‘दाहाल प्रतिष्ठान’ अन्तर्गत स्थापित कोषहरुबाट  नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकसहित विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान एवं पुरस्कृत गरिएको छ ।

शनिबार विराटनगरस्थित प्रतिष्ठानको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद दाहाल, निवर्तमा अध्यक्ष शालीग्राम दाहाल, महासचिव सूर्यकुमार दाहाल, विराटनगर शाखा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा स्व. विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवाकोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’बाट पं. भवानी शंकर निरौला, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज केसी सम्मानित भएका छन् ।

त्यसैगरी सोही कोषबाट बराहक्षेत्र गुरुकुलका युगल दाहाल र उदयपुर गुरुकुलका पुष्पराज भट्टराईलाई पनि प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको छ ।

यस्तै ‘स्व. पं. जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृतिकोष’ का तर्फबाट दमकका कुलवधु दोयनालाई ‘सामाजिक सम्मान’ र यमुना कोइराला दाहाललाई ‘वर्ष कुलवधु सम्मान’ प्रदान गरिएको छ ।

स्व. पदमप्रसाद–अम्बिकादेवी दाहाल स्मृतिकोषका तर्फबाट भक्ति दाहाललाई ‘लेखन तथा साहित्य सम्मान’, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलाई ‘पत्रकारिता सम्मान’, सुमित खड्कालाई ‘राष्ट्रिय गायक सम्मान’ र ललितनारायण राजवंशीलाई वर्ष खेलाडी सम्मान प्रदान गरिएको छ । 

स्व. चन्द्रकान्त–दिब्यश्वरा दाहाल स्मृतिकोषको तर्फबाट धनमाया दाहाललाई ‘वर्ष आमा सम्मान’ प्रदान गरियो भने सोही कोषबाट पोखरिया माविका उदय सिटौला र आदर्श माविकी सुभेक्षा दाहाललाई उत्कृष्ट छात्र—छात्रा सम्मानबाट पुरस्कृत गरिएको छ । 

सोही समारोहमा प्रतिष्ठानको तर्फबाट बाबुराम दाहाललाई ‘अक्षय कोषदाता सम्मान’, कमलराज दाहाललाई ‘जग्गादाता सम्मान’ र धीरेन्द्र दाहाललाई ‘संरचना निर्माता सम्मान’ प्रदान गरिएको छ ।

View : 392

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved