विराटनगर । आईटीएफ तेक्वान्दोका कोशी प्रदेशस्तरीय खेलाडीहरूको ग्रेडिङ गरिएको छ ।
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजना तथा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको व्यवस्थापनमा बिहीबार विराटनगरमा पेटी ग्रेडिङ (परीक्षा) आयोजना गरिएको हो ।
संघले वार्षिक रूपमा कालोपेटी प्रथम डान, कालोपेटी दोस्रो डान र कालोपेटी तेस्रो डान गे्रडिङ (परीक्षा) संचालन गर्दै आएको छ ।
नेकपा एमाले कोशी प्रदेशसभाका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले ग्रेडिङको शुभारम्भ गर्दै खेल र खेलाडीको स्तरोन्नति आवश्यक रहेको बताए । प्रदेश सरकारले खेल र खेलाडीको वृद्धि विकासका लागि योजना बनाउँदै आएको र विभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको उनले बताए ।
कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष अरूण राठीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको केन्द्रीय अध्यक्ष प्रविण कार्की, उपाध्यक्ष चतुरलाल चौधरी, केन्द्रीय सदस्य नवीन तामाङ र राजेन्द्र धिमाललगायतले ग्रेडिङमा सहभागी खेलाडीहरूलाई शुभकामना दिएका थिए ।
खेलाडी ग्रेडिङमा कोशी प्रदेशका ५५ जना बढी खेलाडीहरूको सहभागिता रहेको संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।
View : 189
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved