विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको एउटा 'टु टन' गाडी पल्टिएको छ । केहीबेर अघि गाडी पल्टिंदा ३० जना प्रहरीहरू घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा बा १ ग २५५९ नम्बरको उक्त गाडी पल्टिएको जनाइएको छ । घाइते प्रहरीहरूको विराटनगरस्थित कोशी अस्पताल र न्युरो हस्पिटलमा उपचारका लागि पठाइएको जनाइएको छ ।
२२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीको सचिवालयले जनाएको छ ।
उपचारका लागि पठाइएका मध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझालाई बढि चोटपटक लागेको र उनीहरुको अवस्था गम्भिर रहेको जनाइएको छ । सडकमा एउटा बालकलाई जोगाउन खोज्दा प्रहरीको गाडी दुर्घटनामा परेको जनाइएको छ ।
सडक नालामाथि पल्टिएको गाडीलाई डोजरको सहायताले उठाएर हटाइएको प्रदेश प्रहरी कार्यालय रानीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उक्त गाडी मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहरमको सुरक्षाका लागि थप बलका रुपमा प्रहरी लिएर रानीतर्फ जाने क्रममा दुर्घटना भएको जनाइएको छ ।
View : 518
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved