Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

आज कोशी प्रदेशमा

हिक्मत कार्की मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ जाने, केदार कार्की आफ्नो वैधानिकता दाबी गर्न सर्वोच्च जाने

उद्‌घोष संवाददाता
२७ वैशाख २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार अपरान्ह ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकारको दाबी पेश गर्न आह्वान गरेसँगै कोशी प्रदेशमा छैटौँ सरकार बनाउने गृहकार्य सुरु भएको छ ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले आज साढे १० बजे एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्दैछन् । 

दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङ्गले बहुमत प्रमाणित गर्न मुख्यमन्त्रीका दाबीकर्ता कार्कीसहितलाई सशरीर सनाखतका लागि उपस्थित गराउने छन् । सनाखत लगत्तै उनले उपधारा (५) बमोजिम प्रदेश सभाको सदस्यको हैसियतमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने जनाइएको छ ।

अर्कोतिर पदमुक्त हुन लागेका वर्तमान मुख्यमन्त्री केदार कार्की भने आफू नेतृत्वको सरकारको बैद्यता दाबी गर्दै आजै अदालत खुल्ने बितिक्कै सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुग्दैछन् । उनले आफू  संविधान अनुसार पदमुक्त नभई अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्च पुग्ने योजना बनाएका हुन् ।

मुख्यमन्त्री कार्की निकट स्रोतका अनुसार रिट निवेदन तयार भइसकेको र सर्वोच्च अदालत खुल्ने बितिक्कै रिट दर्ता गर्ने जनाइएको छ ।

View : 674

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved