Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

उद्घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

काठमाडौँ, ११ कात्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गणतन्त्र चीनका प्रसिद्ध वैज्ञानिक एवं प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकको सहभागितामा यहाँ आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले आज उनलाई अभिनन्द गरेका हुन् ।

उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायका साथै पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो । 

छलफलमा सहभागी सबैलाई मन्त्री पाण्डेले कृतज्ञता व्यक्त गर्दै भने, “आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौँ ।

विश्व प्रसिद्ध वैज्ञानिक विङडिङलाई सम्मान गर्दैछौँ ।

चीनमा ‘डिस्टिङगुइस योङ साइन्टिस्ट’ र ‘चाङजियाङ’को उपाधि  प्राप्त गरिसकेका उनी विश्वका दुई प्रतिशत वैज्ञानिकभित्र पर्छन् ।”

वैज्ञानिक विङडिङले चार सय ७० भन्दा धेरै अनुसन्धानमूलक लेख लेखेको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रविधिको क्षेत्रमा गरिएका अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा उनको योगदान अतुलनीय रहेको बताए ।

पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलका रूपमा काम गर्ने वैज्ञानिक विङडिङलाई नेपालमा स्वागत गर्नु दुई देशबीचको सम्बन्ध सुमधुर बन्दै जानु हो उनले भने । 

पर्यटनमन्त्री पाण्डेले नेपाल र चीनबीच पुरानो सुमधुर सम्बन्ध रहेको बताउँदै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ आएको अभिलेख र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको अभिलेखसमेत रहेको जानकारी दिए । 

सुदूरपश्चिम विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई आवश्यक सहयोग गरिदिनसमेत उनले अनुरोध गरे ।

मन्त्री पाण्डेले सहभागी सबैलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले यहाँ घुम्न आउन अनुरोध गरे ।

अभिनन्द कार्यक्रममा चीनका वैज्ञानिक विङडिङले नेपालीमा प्राप्त भएको सम्मान सदैव स्मरण गर्ने बताए ।

उनले नेपाली विद्यार्थीलाई आफू मातहतमा अध्ययन तथा अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनले उनीहरुलाई आफूसँग जोडिन आग्रह गरे ।

प्राध्यापक विङडिङको मातहतमा एक सय १४ नेपाली विद्यार्थीले विद्यावारिधि गरिरहेका छन् । रासस

View : 51

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved