विराटनगर । प्रख्यात लोकगायिका शारदा सिन्हाको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
मैथिली र भोजपुरी भाषाका लोकगीतहरूमार्फत चर्चित रहेकी गायिका सिन्हाको स्मृतिमा नागरिक मिडिया प्रालि विराटनगरको आयोजनामा श्रद्धाञ्जली सभा गरिएको उक्त मिडियाका प्रबन्ध निर्देशक अरविन्द मेहताले बताए ।
सिन्हालाई भारत सरकारले ‘पद्म श्री’ र ‘पद्म भूषण’ जस्ता प्रतिष्ठित सम्मान प्रदान गरिसकेको छ । उनले लोकसंगीतको क्षेत्रमा नयाँ आयामहरू थप्दै मैथिली र भोजपुरी लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको यसका जानकारीहरूको दाबी छ ।
श्रद्धाञ्जली सभामा देवानगञ्ज गाउँपालिका–२ का अध्यक्ष जगनारायण मेहताले विवाह संस्कारहरूलाई गायिका सिन्हाले लोकगीतको माध्यमबाट सुन्दर जीवन प्रदान गरेको बताए ।
सभामा भिमनन्दन शर्मा, रामसुन्दर मेहता, लक्ष्मण मेहता, मनमोहन यादव, विद्यानन्द मेहता र राजु मेहता लगायतले पनि गायिका सिन्हाको चर्चा गरेका थिए ।
View : 112
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved