भद्रपुर । अमेरिकाको उत्तरपूर्वी राज्य मेन स्थित फोर्ट केन्ट विश्वविद्यालय (यूएमएफके) का गणित विषयका नेपाली प्राध्यापक डा कृष्ण काफ्लेको निधन भएको छ । मेन राज्यको केन्टमा बस्दै आएका उनको भाइटीकाको दिन निधन भएको हो । उनको सोमबार अमेरिकामा नै अन्त्येष्टि गरिएको र १३ दिनको कार्य भने झापा चन्द्रगढीस्थित घरमा सुरु गरिएको पारिवारिक स्रोतले बताएको छ ।
उता सो विश्वविद्यालयले ५३ वर्षीय डा काफ्लेको निधनमा कात्तिक २१ गते (नोभेम्बर ७) मा श्रद्धाञ्जली सभा गरिने सूचना जारी गरेको छ । उनी सो विश्वविद्यालयमा १३ वर्षदेखि प्राध्यापनरत थिए ।
विश्वविद्यालय प्रशासनले एक विज्ञप्ति जारी गर्दै डा काफ्लेको निधनबाट स्तब्ध भएको र उनलाई विद्यार्थी, सहकर्मी र चिन्ने सबैले सम्झिरहने बताएको छ ।
डा. काफ्लेको निधनपछि उनको सम्मान र हिन्दू धर्मको १४ दिने शोक परम्परालाई ध्यानमा राख्दै, विश्वविद्यालयले उनको सम्झनामा शुक्रबार ब्लेक पुस्तकालयमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । विश्वविद्यालयले यो कार्यक्रम सार्वजनिक रहने जानकारी गराउँदै सबैलाई उनको स्मृतिमा सहभागी हुन आग्रह गरेको छ ।
View : 497
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved