Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ सहकारीद्वारा ज्येष्ठ नागरिक सम्मान

उद्‌घोष संवाददाता
१३ पुष २०८२, आइतवार

विराटनगर । बुढीगंगा गाउँपालिका–१ स्थित मानगढ बचत तथा ऋण सहकारी संस्थाले शनिबार १७ औं साधारणसभाका अवसरमा ६ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मानित गरेको छ । 

सम्मानित हुने शेयर सदस्यहरूमा नरनाथ घिमिरे, पवित्रा आचार्य, नेत्रप्रसाद घिमिरे, बृषबहादुर खड्का, जानुकादेवी कोइराला र लिलाप्रसाद भण्डारी छन् । उनीहरूलाई सहकारीका सञ्चालक समिति अध्यक्ष शंकरप्रसाद पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेका हुन् ।

सात सय शेयर सदस्य रहेको सहकारीको साधारण सभामा आर्थिक वर्ष २०८१–८२ को वित्तीय प्रगति विवरण प्रस्तुत गरिएको थियो । चालु आवको आर्थिक योजना प्रस्तुत गरी पारित गरिएको जनाइएको छ । 

२ करोड १७ लाख ४४ हजार ४०० रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा आव २०८१–८२ मा १५७ जना ऋणीहरूलाई ४ करोड ६८ लाख ५८ हजार ११९ रुपैयाँ ऋण लगानी भएको जनाइएको छ । 

साधारणसभाले लेखा समितिको प्रतिवेदन लगायतका संस्थाको बार्षिक नीति तथा कार्यक्रमसमेत पारित गरेको संचालक समिति सदस्य राजन घिमिरेले जानकारी दिए ।

View : 154

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved