विराटनगर । विराटनगरस्थित चुलाचुली फुड भिलेजमा खाजा खान पुगेका ग्राहकले झोल मःममा किरा भेटिएको आरोप लगाएका छन् । उनीहरूले खाद्य गुणस्तर र सरसफाइमा प्रश्न उठाउँदै सम्बन्धित निकायलाई अनुगमन र कारबाही गर्न आग्रह गरेका छन् ।
साथीहरूसँग शनिबार बेलुका फुड भिलेज पुगेका शुभम साहले अर्डर गरेको झोल मःमको झोलमा किरा देखिएको बताए । उनले तत्काल होटलका कर्मचारीलाई जानकारी गराए पनि होटल पक्षले गल्ती स्वीकार नगरेको आरोप लगाए ।
“किरा परेको मःम हटाएर अर्को परिकार दिने प्रस्ताव गरियो, तर गल्ती स्वीकार गर्ने वा सुधार गर्ने प्रतिबद्धता जनाइएन,” साहले बताए ।
घटनाको फोटो तथा भिडियो खिचेर आफूहरूले खाजा नखाई फर्किएको साहले बताए ।
View : 126
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved