Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूविमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू

उद्‌घोष संवाददाता
१ फागुन २०८२, शुक्रवार

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा विहीवारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको हो । 

इनभिजिनिङ दि हिमालयन फ्युचर : पाथवे टु सस्टेनाबिलिटी एण्ड डेभेलोपमेण्ट शीर्षकमा भएको सम्मेलनमा एक सय ९४ वटा अनुसन्धानमूलक लेखहरू समावेश छन् । 

कला, कानून र शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान र प्रविधि, मेडिसिन एण्ड हेल्थ साइन्स सहित पाँच वटा विषयमा छलफल हुँदैछन् । 

सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले अन्तर्राष्ट्रिय सम्मेलनको महत्व माथि प्रकाश पारे ।

यस्ता सम्मेलनले विकासमा, व्यवस्थापनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा, विश्वविद्यालयहरूबीचको सम्बन्धमा ठूलो महत्व राख्ने उनले बताए । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य र महत्वका विषयमा जानकारी दिएका थिए । 

विहीवार तीन वटा प्लेनरी सेसन र एउटा टेक्निकल सेसन सञ्चालन भएका छन् ।

View : 174

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved