Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

विदेश पठाउने भन्दै बोर्डरमा मान्छे छोडेर विराटनगरको होटलमा झुन्डिए फुँयाल

उद्घोष सम्वाददाता
१० साउन २०८१, बिहिवार

विराटनगर । सुनसरीको इनरुवा–६ का राजिव फुँयाल विराटनगरको एउटा होटलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । 

उनी विराटनगर–११ स्थित मेरो नेपाल होटलको कोठा नम्बर १०८ मा पङ्खा झुण्डयाउने फलामको हुकमा गम्छाको पासो लगाएको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनले दुई दर्जनजति व्यक्तिहरूलाई तेस्रो मुलुक पठाइदिने भन्दै भारतीय सीमा जोगवनी नजिकै रानीमा लगेको छाडेको र आफू त्यहाँबाट फर्किएर होटलमा बसेको जनाइएको छ । उनी म्यानपावर व्यवसायी भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले फुँयाल विराटनगर–११ स्थित मेरो नेपाल होटलमा मृत फेला परेको जानकारी दिए । 

‘होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो, फलामको हुकमा गम्छाको पासोमा झुण्डिएको देखिएको छ’ उनले भने, ‘थप अनुसन्धान अघि बढाइएको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।’

मृत भेटिएका फुँयालले वैदेशिक रोजगारीमा पठाउने भनेर विराटनगर ल्याएका व्यक्तिहरू मध्ये केहीबाट रकम समेत लिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाइएको छ । 

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताएको छ ।

View : 333

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved