विराटनगर । कोशी प्रदेशका सवैभन्दा धेरै निर्वाचन क्षेत्र रहेका प्रमुख शहरी तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा रास्वपा बाहेक अन्य दलका उम्मेदवारले अग्रता कायम गर्न सकेका छैनन् ।
झापा, मोरङ र सुनसरीका कुनैपनि निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्प्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका उम्मेदवारले अग्रता बनाएका छैनन् ।
सवैभन्दा धेरै ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका कतैपनि रास्वपा बाहेकका दलका उम्मेदवारले अग्रता कायम गर्न सकेका छैनन् ।
झापाको ५ वटा निर्वाचन क्षेत्रमा पनि रास्वपाकै अग्रता रहेको छ । त्यस्तै सुनसरीका ४ क्षेत्रमा समेत रास्वपाबाहेक अन्य दलले अग्रता कायम गरेका छैनन् ।
मोरङ १ मा रास्वपाका चक्रपाणी न्यौपाने, २ मा कृष्ण कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुविना आचार्यले अग्रता कायम राखेका छन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर १ मा निशा डाँगी, २ मा इन्दीरा राना मगर, ३ मा प्रकाश पाठक, ४ मा शम्भुप्रसाद ढकाल र ५ मा बालेन्द्र शाहले अरुलाई दलका उम्मेदवारलाई अघि बढ्न दिएका छैनन् ।
सुनसरी १ मा रास्वपाकी गोमा तामाङ, ३ मा अशोक कुमार चौधरीले अग्रता बढाइरहेका छन् ।
सुनसरीको क्षेत्र नम्बर २ र ४ मा भने मतगणना कार्य सुरु भएको छैन ।
View : 65
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved