विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष राजेन्द्र राउतले लगानीकर्ताहरूले कम्पनी वा उद्योगको मूल्य केवल नाफा र घाटामा मात्रै नभई सामाजिक उत्तरदायित्व, वातावरणीय प्रभाव र सुशासन अभ्यासको आधारमा पनि कायम हुनुपर्नेमा जोड दिएका छन् ।
इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईफसी) र युरोपेली संघसँगको सहकार्यमा सोमबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले वातावरण, पर्यावरण र सामाजिक सुशासन (ईएसजी) अवधारणा अहिलेको विश्व व्यावसायिक जगतमा महत्वपूर्ण बन्दै गएको बताए ।
उनले यस्तो अवधारणाको कार्यान्वयनले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने र कोशी प्रदेशमा यसको अभ्यासलाई अपनाउन सकिए भविष्यमा लगानीको सम्भावना बढ्नेमा जोड दिए । महासंघ कोशी प्रदेश समितिले केही वर्ष यता पर्यावरण र सामाजिक सुशासनको मर्मसँग मेल खानेगरी नीतिगत बहस गर्दै आएको जनाइएको छ ।
त्यसैका लागि विभिन्न जिल्लाका साना तथा मध्यमस्तरका उद्योगको प्रवद्र्धनमा विशेष जोड दिएको अध्यक्ष राउतले बताए ।
आईएफसीका यजस्वी श्रेष्ठले आईएफसीको सहकार्यमा नेपालमा संचालित कायक्रमका बारेमा जानकारी गराएका थिए ।
उक्त अवसरमा आईएफसीका प्रतिनिधिहरू लोपा रहमान र सोफिया टामोटले व्यवसायिक सुशासन र महत्वबारे दर्शाउँदै वातावरण र सामाजिक चुनौती बारेमा सहभागीहरू माझ छलफल गरेका थिए ।
अन्तरक्रियामा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, ग्रिन यार्ड एग्रो फार्मका सञ्चालक गिरीराज बस्नेत लगायतले आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति थियो ।
View : 340
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved