Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा जनक मेमोरियल उत्कृष्ट

उद्‌घोष संवाददाता
२१ माघ २०८०, आइतवार

झोराहाट । मोरङको ग्रामथान गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जनक मेमोरियल इङ्लीस बोर्डिङ स्कुल झोराहाट उत्कृष्ट भएको छ ।  प्रतियोगितामा जनक मेमोरियल इङ्लीस बोर्डिङ स्कुल झोराहाटले १० स्वर्ण, ७ रजत र दुई काँस्य पदकसहित १९ वटा पदक प्राप्त गरी प्रथम स्थान हाँसिल गरेको हो । 

यसैगरी गणेश मावि ग्रामथानले ४ स्वर्ण, ५ रजत र दुई काँस्यसहित ११ पदकसहित दोस्रो स्थान हाँसिल गरेको छ । बुद्ध सेकेन्डरी बोर्डिङ स्कुल ग्रामथानले चार स्वर्ण, चार रजत र सात काश्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ । 

माघ १८ देखि २१ गते आइतबारसम्म सञ्चालन भएको खेलकुदमा गाउँपालिकाभित्रका आठ सामुदायिक विद्यालय र पाँचवटा संस्थागत विद्यालय सहभागी भएका थिए  ।

संघीय सांसद तथा पूर्वमन्त्री अमनलाल मोदीको उपस्थितिमा भएको राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगितामा कोशी प्रदेश सांसद जयप्रकाश चौधरी,  ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारू, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, शिक्षा अधिकृत भीमप्रसाद न्यौपाने लगायतले राज्यले खेलकुदमा बजेट वृद्धि गर्नुपर्ने सुझाव दिएका थिए ।

View : 364

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved