विराटनगर । जेनजी आन्दोलनका कारण आगलागी तथा तोडफोड भएका कार्यालयको सरसफाई स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले सफाइ गर्न थालेको छ ।
विराटनगरको मध्य क्षेत्रको फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको सो संस्थाले अहिले मध्य क्षेत्र अन्तरगतका कार्यालयहरुको सरसफाईमा जुटेको छ ।
विहान ७ वजेदेखि साँझसम्म कर्मचारीहरु सरसफाईमा खटिएको स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका सफाई प्रमुख एकराज खनालले जानकारी दिए ।
भदौ २४ गते जेनजीको प्रदर्शनका कारण क्षतिग्रस्त भएका स्थानहरुमा दैनिक सरसफाईको काम भइरहेको उनले बताए ।
उनका अनुसार विराटनगर महानगरपालिका, जिल्ला अदालत, उच्च अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा भाटभटेनी सुपरस्टोरमा अहिले दैनिक सफाईको काम भइरहेको छ ।
विराटनगर महानगरपालिकाको मध्ये क्षेत्र अन्तर्गतका वडा नं. ६ देखि ११ वडा रहेका छन् ।
मध्यक्षेत्रमा सरकारी कार्यालय, प्रदेश अन्तर्गतका मन्त्रालय तथा कार्यालयहरु अधिकांश क्षतिग्रस्त भएका छन् ।
View : 210
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved