सुन्दरहरैंचा । लोक सांगीतिक क्षेत्रमा सक्रिय गायिका अनु बुढाथोकीले नयाँ तीज गीत ‘उता तीजको लहर’ लिएर आउने भएकी छन् ।
आउँदो शुक्रबार बुढाथोकीकै आधिकारिक युट्युब च्यानल अनु बुढाथोकीमार्फत सार्वजनिक सार्वजनिक गर्ने तयारी छ ।
महिला सशक्तीकरण, परम्परा र उत्सवको गहिरो सन्देश बोकेको सो गीतमा गायनका साथै अनुले अभिनय समेत गरेकी छन् ।
उनीसँगै अमृता खड्का र सरिता दाहालले पनि गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।
गीतको शब्द संगीत यादव घिमिरे र नवीन गौतमले संयुक्त रुपमा गरेका छन् । संगीत संयोजन विशाल निरौलाले गरेका छन् ।
कोरियोग्राफी अविनास विक र राजु बस्नेतको रहेको छ । गीतको भिडियो निर्देशन तथा छायांकन चर्चित निर्देशक भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् ।
भिडियोको सम्पादन अनिल रानाले गरेका छन् । मेकअपमा अशोक मण्डलको योगदान रहेको छ । गीतको निर्माता सुवास गिरी हुन् ।
View : 412
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved