विद्यालय शिक्षा
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले विज्ञान र व्यवस्थापन संकायमा लगनशील भएर अध्ययन गरी ८० प्रतिशतमाथिको उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
बुधबार आयोजित विज्ञान संकायतर्फ कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीसहित ८० प्रतिशत माथि अंक ल्याउने १३७ जना विद्यार्थी पुरस्कृत भएका छन् । त्यस्तै व्यवस्थापन संकायमा ८० प्रतिशत बढी अंक ल्याएका २५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
कलेजको विज्ञान संकायमा कक्षा ११ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशतमाथि अंक प्राप्त गर्ने ७७ जना र कक्षा १२ मा ६० विद्यार्थीलाई कलेजले बुधबार पुरस्कार र प्रमाणपत्र प्रदान गरेको हो ।
कक्षा ११ तर्फ सुवोध साह प्रथम, सुशान्त खत्री द्वितीय र अलिसा सापकोटा तृतीय भए । त्यसैगरी कक्षा १२ मा सकिल अहमद हक प्रथम, सिरिन भट्टराई द्वितीय र समिर डोटेल तृतीय भएको कलेजका डाइरेक्टर रामचन्द्र अधिकारीले जानकारी दिए । उनीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का लगायतले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।
कलेजले मंगलबार व्यवस्थापन संकायतर्फ कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाका उत्कृष्ट नजिता हासिल गर्ने २५ जना विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको थियो ।
कक्षा ११ तर्फ समीर चौधरी प्रथम, सोनम मिश्रा द्वितीय र योगेश घिमिरे तृतीय भएका थिए भने कक्षा १२ मा शुभाङ्गी रौनियार प्रथम, सुमितकुमार साह द्वितीय र किरणकुमारी सिंह तृतीय भएको व्यवस्थापन संकायका कोअर्डिनेटर शंकर भट्टराईले जानकारी दिए । उनीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका चिफ डाइरेक्टर शैलेन्द्र शिवाकोटी लगायतले नगदसहित प्रमाणपत्र प्रदान गरेका हुन् ।
कलेजका निर्देशक भुपेन्द्र दाहालले आफ्ना स्वर्गीय वुवाको स्मृतिमा ‘स्वर्गीय देवीप्रसाद दाहाल स्मृति कोष’ बाट यस वर्ष कक्षा १२ का विद्यार्थी सरगम लोहारलाई नगद २५ हजार रुपैयाँसहित सम्मानित गरेका छन् ।
संखुवासभा घर भएका लोहार कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरी उच्च शिक्षाका लागि शिक्षादीप कलेजमा हाल अध्ययनरत रहेका छन् । कक्षा १२ को प्रथम त्रैमासिक परीक्षामा समेत लोहारले ८० प्रतिशतमाथि अंक प्राप्त गर्दै सम्मानित भए ।
उत्कृष्ट कविता र निबन्ध लेख्ने विद्यार्थी पुरस्कृत
कलेजले यसअघि सम्पन्न गरेका कविता र निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पनि नगदसहित पुरस्कृत गरेको छ ।
कविता प्रतियोगितामा प्रथम हुने सिरिन भट्टराई, द्वितीय भएकी एलिशा सापकोटा, तृतीय भएकी मान्सी मनोहर र प्रतिक भट्टराई नगदसहित पुरस्कृत भए ।
‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ को अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगितामा पनि सिरिन भट्टराई प्रथम भइन् ।
रिजु अधिकारी, भानुजा ताजपुरिया र ओमप्रकाश चौधरी द्वितीय तथा सकिल अहमद हक, आर्यन यादव, विनु चौधरी, केशव झा, कृतिकाकुमारी यादव, प्रकृति चन्द्र र सरस्वती चौधरी तृतीय भएका थिए ।
उत्कृष्ट नजिता प्राप्त गरेका विद्यार्थीहरूलाई कलेजका विज्ञान संकायका कोअर्डिनेटर नविनकुमार रोय, निर्देशकहरू मणिराज दाहाल, भुपेन्द्र दाहाल, राजेन्द्रप्रसाद मण्डल, शेषनारायण चौधरी र नारायण रेग्मी लगायतले माला लगाइदिएर प्रमाणपत्र वितरण गरेका थिए ।
कलेजले एमबीबीएस र इञ्जिनियरिङ तयारीका क्रममा आयोजना गरेको हिज्जे प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पनि पुरस्कृत गरेको छ । बर्ष २०८१ तर्फको प्रतियोगितामा उत्कृष्ट हुने समीर डोटेल, पुस्कर साहु, प्रतीक भट्टराई र सकिल अहमद हक रहेका छन् । त्यस्तै बर्ष २०८२ का लागि प्रतीक भट्टराई, सिरिन भट्टराई, पुजन श्रेष्ठ, सुशान्त खत्री, कृतार्थ श्रेष्ठ, आलिया जोशी र पुस्कर साहुलाई सम्मानित भएका छन् ।
विद्यार्थीहरूलाई पुरस्कृत गर्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कलेजमा ८० प्रतिशत बढी अंक ल्याउने विद्यार्थीहरूको संख्या हरेक बर्ष बढ्दै गएको बताए । उनले सफलतालाई संयोगका रुपमा नलिई लगन, अनुशासन र कडा परिश्रमको फलका रुपमा ग्रहण गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।
‘पहिले ८० प्रतिशत अंक ल्याउने विद्यार्थीको संख्या २० जना मात्रै हुन्थ्यो, अहिले हरेक बर्ष बढ्दै गएको छ’ खड्काले भने, ‘हामीले गुणस्तरीय शिक्षामा जोड दिंदै आएका कारण आजको अवस्थाले पनि यो कुरा पुष्टि गरेको देखिन्छ ।’
View : 150
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved