विराटनगर । मोरङका १५ जना उम्मेदवारले भ्रष्टाचारजन्य कार्यमा संलग्न नहुने प्रतिवद्धता जनाएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग मातहत रहेको भ्रष्टाचारविरूद्धको नागरिक निगरानी संस्थासँग उनीहरूले भ्रष्टाचारको विरूद्धमा आफ्नो प्रतिवद्धता लिखित रूपमा जाहेर गरेका हुन् ।
संस्थाका अध्यक्ष मोहन भण्डारीका अनुसार अरू पनि धेरै उम्मेदवारहरूले संस्थासँग भ्रष्टाचारविरूद्धको अभियानका लागि प्रतिवद्धता जनाएका छन् । भेटेजति उम्मेदवारहरूले भने लिखित रूपमा प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।
‘जेनजी आन्दोलनको मुल मर्म नै भ्रष्टाचारको विरोध हो, यो अभियानमा विभिन्न दलसम्वद्ध १५ जना उम्मेदवारले लिखित रूपमा प्रतिवद्धता जनाउनु भएको छ’ उनले भने ।
नागरिक निगरानी संस्थाका सचिव लीला ढुंगेलले निर्वाचनको मुखमा सकेसम्म धेरै उम्मेदवारहरूलाई यस्तो प्रतिवद्धता गराउने लक्ष्य लिएपछि उम्मेदवारहरू भेट्न कठिनाई भएको बताए ।
उनले निर्वाचनपछि चुनिने उम्मेदवारहरूले अहिल्यै प्रतिवद्धता जनाएका कारण उनीहरूलाई भ्रष्टाचारजन्य कार्यमा संलग्न हुनबाट निरूत्साहित हुने संस्थाले विश्वास लिएको बताए ।
संस्थाले भ्रष्टाचारविरूद्ध लिखित प्रतिवद्धता जनाएका उम्मेदवारहरूको नामसहित पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
सो अवसरमा प्राध्यापक कृष्ण पोखरेल, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, संस्थाका पूर्वअध्यक्ष दिनेश श्रेष्ठ, समाजसेवी मीना श्रेष्ठ, केशव गौतम, केदार बस्नेतलगायतका समाजका अगुवाहरूको उपस्थितिे थियो ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved