विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि झापाको दमकमा ढुंगा प्रहार भएको छ ।
कोशी नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधर समूहले मुख्यमन्त्री कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको हो ।
मुख्यमन्त्रीको सुरक्षाका लागि अगाडि गुडिरहेको गाडी सडकबाट मोडिने बितिक्कै उनी चढेको गाडी रोक्ने प्रयास गर्दै ढुंगा प्रहार भएको हो ।
मुख्यमन्त्री कार्की लागूऔषध नियन्त्रणसम्बन्धि कार्यक्रममा सहभागी हुन दमक पुगेका थिए ।
उनलाई सगरमाथा पेट्रोल पम्पअगाडि कालोझण्डा बोकेर बसेका आन्दोलनरत समूहले ढुंगा प्रहार गरेका थिए । ढुंगाले लागेर मुख्यमन्त्री कार्की चढेको गाडीको सिसामा क्षति पुगेको जनाइएको छ । ढुंगा प्रहार भएपछि प्रहरीले उनीहरुलाई त्यहाँ नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर आक्रमणमा संलग्नहरु त्यहाँबाट भागेको भिडियो सामाजिक संजालमा देखिएको छ ।
View : 109
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved