विराटनगर । नेपालीहरूको प्रमुख चाड दशैंको अवसरमा मोरङको कटहरी गाउँपालिका–४ स्थित श्री आधारभूत विद्यालयल खयरबानाले विद्यार्थीलाई टीका, जमरा लगाइ खीर खुवाएर पर्वको बिदा दिएको छ ।
विद्यार्थीमा दशैंको महत्व, सांस्कृतिक र सामाजिक पक्षबारे बुझाउने उद्देश्यले विद्यालयल सो कार्यक्रम आयोजना गरेको हो ।
यस वर्षको कक्षा ८ को अन्तिम परीक्षामा गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याई पालिकाबाट पुरस्कृत भएका सो विद्यालयले पढाइका साथै व्यावहारिक शिक्षालाई पनि प्राथमिकता दिंदै आएको छ ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप र प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन गर्ने गरेको प्रधानाध्यापक बलबहादुर बस्नेतले जानकारी दिए ।
दशैंको अवसरमा विद्यालयले चाडपर्वसँग सम्बन्धित हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरेको थियो ।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीलाई चाडपर्वको महत्व बुझ्न र संस्कारसँग जोडिन मद्दत पुग्ने विश्वास विद्यालयले लिएको छ ।
यसबाट, शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नगरी संस्कृति र सामाजिक परम्परासँग जोड्ने विद्यालयको प्रयास प्रशंसनीय छ ।
यसका साथै बिगतका दिनहरुमा पनि सो विद्यालय पालिकास्तरमै अब्बल हुँदै बिभिन्न पुरस्कार प्राप्त गर्दै आएको प्रधानाध्यापक बस्नेतले बताए ।
View : 282
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved