Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

टुंगिएन माओवादीको महानगर कमिटी, पदाधिकारीमा आकांक्षीको लर्को

आकांक्षीको लर्को देखिएपछि विराटनगर–४ स्थित शुभ ब्याङ्क्वेटबाट नेतृत्व चयनको सवै प्रक्रिया पार्टी कार्यालयमा सारिएको जनाइएको छ ।
उद्‌घोष सम्वाददाता
९ वैशाख २०८२, मङ्गलवार

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको नेतृत्व चयन हुन सकस परेको छ । ९९ सदस्यीय महानगर कमिटीमा ८१ जना भने जारी दोस्रो सम्मेलनबाट चुनिने छन् । 

सम्मेलनबाट निर्वाचित हुने ८१ जनाले नै पाँच पदाधिकारी चयन गर्ने जनाइएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको दोस्रो महानगर सम्मेलनमा अध्यक्ष दाहालकै निर्देशन बमोजिम नेताहरू सर्वसम्मत पदाधिकारी छान्न केन्द्रीत छन् ।

तर पदाधिकारीमा भने आकांक्षीहरूको लर्को लागेको जनाइएको छ । एक अध्यक्षमा तीन जना, तीन उपाध्यक्षमा नौ जना, एक सचिवमा तीन जनाको दाबी रहेको जनाइएको छ । त्यस्तै एक उपसचिवमा पनि चार जना आकांक्षी रहेका छन् ।

आकांक्षीको लर्को देखिएपछि विराटनगर–४ स्थित शुभ ब्याङ्क्वेटबाट नेतृत्व चयनको सवै प्रक्रिया पार्टी कार्यालयमा सारिएको जनाइएको छ । 

सम्मेलनबाट चुनिने ८१ जना सदस्य भने चयन भइसकेको पदाधिकारीमा आकांक्षी एक कार्यकर्ताले बताए । उनले कोषाध्यक्ष पदमा भने सर्वसम्मत रुपमा मनिष सोनी निर्वाचित भएको जानकारी दिए ।

अध्यक्षमा नमिता न्यौपाने, दिनेश राजवंशी र ज्ञानु भट्टराईले दाबी जारी राखेका छन् । वर्तमान अध्यक्ष नविन पौडेलले भने दोहाेरिने मैदान छाडेको जनाइएको छ ।

त्यसैगरी उपाध्यक्षमा सरस्वती ओझा, सारदा मैनाली, दिनेश कामत, बद्री दाहाल, सनोज यादव, शिवराम थन्दार, पुष्पा गौतम, रामवती कामत र धर्मलाल माझीले दाबी गरेका छन् ।

सचिवमा आजम परवेज र केपी चौलागाँई आकांक्षी रहेको जनाइएको छ ।

सहसचिवमा चम्पा कार्की र भरत यादवले दाबी गरिहेका छन् ।

View : 95

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved